
काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।
इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको आरोपसहित संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो ।
अध्यक्ष किरण पौडेल नेतृत्वको युवा संघको टोली टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गरेको हो ।
संघले मंगलबार सरकारले जबरजस्ती लाद्न खोजेको इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन समेत गरेको थियो ।
यस्तो छ उजुरी पत्रः
















प्रतिक्रिया