
काठमाडौँ, २५ जेठ । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले मन्त्रालयको प्रस्तावलाई सञ्चारमन्त्रालयले बेवास्ता गरेको बताएका छन् ।
वुधबार संसद बैठकमा पेश भएको आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने– ‘सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो बुँदामा ४ वटा मोटरसाइकल, ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि सञ्चार मन्त्री झुट हो कि अर्थमन्त्री झुट हो । यति बताइसकेपछि खर्च कतौटीको प्रस्ताव किन गरेको भनेर भनिरहनु नपर्ला । मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्दियो ।’















प्रतिक्रिया