४ कार्तिक २०८३, बुधबार

 सरकारले मलमा ‘माल’ खोजिरहेको छ : भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेर भएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि आफ्ना धारणा राख्दै सांसद भट्टराईले उक्त आरोप लगाएका हुन् । ‘आज बालिनाली लाउने बेला भइसकेको छ, मलको हाहाकार छ । मल छैन ।’

सरकारले नै मल ल्याउने नखोजेको भट्टराईको आशंका थियो । ‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ माल !,’ उनले भने, ‘जबसम्म माल आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन । त्यसरकारण हामीले मल खोजकेो हो मालको पछाडि लाग्ने खोजेको होइन ।’