
काठमाडौँ, २५ जेठ । नविल बैंकले काठमाडौँ महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगका लागि अनुमति दिने भएको छ ।
वुधबार बैंकले काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै यस्तो घोषणा गरेको हो ।
महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंक स्वयम्ले बहन गर्ने उल्लेख छ ।
महानगरले गत जेठ १६ गते रेस्टुरेन्ट, बैंक तथा संघसंस्थाका शौचालयलाई निःशुल्क सार्वजनिक रुपमा प्रयोग गर्न दिन आह्वान गरेको थियो ।
सम्झौतामा काठमाडौंमा नविल बैंकको स्वामित्व र भोगाधिकार भएका १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने उल्लेख छ ।
यसबापत सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने तथा आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्न बैंकले सहमति जनाएको छ ।

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने छ । शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंककै हुनेछ ।
यो सम्झौता पाँच वर्षका लागि गरिएको हो । त्यसपछि अवधि थप्न सकिने उल्लेख छ । सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक–एक प्रतिनिधि खटाइने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् ।
नविल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौँलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि ऐक्यवद्धता जनाएको बताए ।
“नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौँ । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोर मैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं ।,” उनले बताए ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
सम्झौता:
















प्रतिक्रिया