४ कार्तिक २०८३, बुधबार

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, २४ जेठ । बाघको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजे जगतपुरको घैलाघारी सामुदायिक वनमा निउरो टिप्न जाँदा भरतपुर २३ की अन्दाजी ५५-६० वर्षकी मंगली बोटेको मृत्यु भएको हो।

उनीसहित चार जना निउरो टिप्न गएका थिए। बोटेको शव बाघले जंगलतर्फ लगेको छ। नेपाल प्रहरी, कसरा ब्यारेकबाट आर्मीसहित ४ वटा हात्तीबाट खोजी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।