४ कार्तिक २०८३, बुधबार

सबैमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजिएको होइनः यातायात विभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । यातायात व्यवस्था विभागले सबै सवारी साधानमा आगामी साउन १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।

मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रले तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको जनाएको हो ।

शुक्रबार असारभित्रमा सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट नराखे कारवाही गर्ने सूचना जारी गरेपछि चौतर्फी आलोचना खेपेको विभागले मंगलबार स्पष्ट पारेको हो । यद्यपि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने प्रावधानबाट पछि नहट्ने देखिएको छ ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनासय अलिकति पनि होइन ।’

सरकारको प्रकाशित गरेको राजपत्रमा अनुसार १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी, १ फागुनदेखि नामसारी हुने सवारी र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारीलाई अनिवार्य गर्ने व्यवस्था गरेको थियो ।

हेर्नुस् विज्ञप्तिः