
काठमाडौँ, २४ जेठ । अब नेपालमा बस्ने भारतीयहरू नागरिकहरुले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने भएको छ ।
काठमाडौँस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै नेपालमा बसोबास गर्ने भारतीयले अनिवार्य रेजिष्ट्रेसन गर्नुपर्ने बताएको हो ।
दूतावासले कुनै पनि किसिमका कन्सुलर सेवा लिन रजिष्ट्रेसन अनिवार्य गरिएको बताएको छ ।
रजिष्ट्रेसनका लागि अनलाइनबाट बुक गर्न सकिनेछ । रजिष्ट्रेसनका लागि भारतीय भएको परिचय पत्र खुल्ने कागजात, नेपालमा रोजगारी, पढाइ वा अरू काम गरिरहेको भए त्यसको प्रमाण, नेपालमा बसोबास गरिरहेको ठेगाना खुल्ने कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो चाहिने दूतावासले जनाएको छ ।
नेपाल र भारतबीच खुला सीमाना छ । जसका कारण कति भारतीय नेपालमा वा कति नेपाली भारतमा छन् भन्ने यकिन तथ्यांकको अभाव रहेको छ ।















प्रतिक्रिया