४ कार्तिक २०८३, बुधबार

बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडा अवरोध गर्दा झडप भएको छ ।

फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

मंगलबार करिब दुई घण्टादेखि झडप भएको हो । स्थानीयले फोहोर फाल्न अवरोध गरेका हुन् ।

यसैबीच प्रहरी परिचालन गरेर फोहोर फाल्न लागिएको बताइएको छ ।