४ कार्तिक २०८३, बुधबार

बर्दिया घटनामा गोली हान्ने आदेश नभएको गृहमन्त्रीको स्पष्टीकरण, छानबिनका लागि समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा गोली हान्ने आदेश नदिएको बताएका छन् ।

गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको बताउँदै बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने आश्वासन दिए ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

घटनाबारे मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’

उनले घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले बताए ।

मन्त्री खाँणले भने, ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’