
काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसालमाथिको कारावाहीबारे पार्टी कमिटिमा छलफल गरेर निर्णय लिने बताएका छन् ।
अनुशासन आयोगले भुसालमाथि गरेको कारवाही सिफारिस सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने पोखरेलले बताए ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।
उनले घनश्याम भुसाललाई कारवाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताउँदै उनले यस विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताए ।
‘कुनै पनि चिज कमिटीमा छलफल हुन्छ । यदि कुनै विषय हो भने कमिटीमा आउँछ । छलफल हुन्छ । कमिटीले निर्णय गर्छ । बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु । पढ्छु । मलाई पनि अचम्म लागेको छ ।’ उनले भने, ‘ केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो । बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो । त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी ।’















प्रतिक्रिया