४ कार्तिक २०८३, बुधबार

धनुषामा एक सातादेखि हराइरहेका बालक मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ जेठ । धनुषामा एक सातादेखि हराइरहेका बालक मृत भेटिएका छन् ।

१७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कर्यालय धनुषाका अनुसार बालक जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत भेटिएका हुन् ।

बालको शव ३० प्रतिशत सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमा काठमाडौँमा गरिने भएको छ ।

सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थियो ।