
काठमाडौँ, २४ जेठ । सवारी दुर्घटना गराई फरार रहेका बा १२ च ५६२ नम्बरको हात्ती गाडीका चालक काठमाडौं महानगरपालिका-१२ टेकु डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका ३३ वर्षीय कमल प्रसाद गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा रहेको डिभाइडरमा प्रदेश ०२-०२१-प ६३३१ नम्बरको मोटरसाइकल २०७८ चैत २० गते साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-३ बस्ने २५ वर्षीया लक्ष्मी दर्नालको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धानको क्रममा कमल प्रसाद गौतमले चलाएको हात्ती गाडीको समेत संलग्नता रहेको र सो घटनापश्चात गाडीका चालक फरार रहेको खुल्न आएको थियो ।
फरार रहेका कमलको खोजी गर्ने क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर सवारी ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया