४ कार्तिक २०८३, बुधबार

काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ जेठ । धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।

घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।