
काठमाडौँ, २३ जेठ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको एक जना मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।
पर्यटन मन्त्रालयले पौडेललाई यसअघि नै स्पष्टिकरण सोधेको थियो । गठबन्धन सरकार बनेदेखि नै पौडेललाई हटाउन खोजिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पौडेललाई ४ वर्षका लागि नियुक्त गरेको थियो ।















प्रतिक्रिया