
वीरगञ्ज, २३ जेठ । भारतको रामगढवाको अर्केष्ट्रामा काम गर्ने ५ जना बालिकासहित ९ जना नेपाली महिलाको उद्दार गरिएको छ ।
रक्सौलस्थित एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) र मिसन मुक्ति फाउन्डेशन दिल्लीले छापा मारेर उनीहरुलाई उद्धार गरेको (एएचटीयू) इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिएका छन् ।
उद्धार गरिएका बालबालिका तथा युवतीहरुले अर्केष्ट्रा सञ्चालकहरुले विवाहको बहानामा शारिरीक शोषण गर्ने, घर जान नदिने, गीत गाएको र नाचेको पैसा दिन्छु भने पनि पैसा नदिने र कुटपिट गर्ने गरेको बताइएको छ ।
उनीहरुलाई रामगढवा थानामा राखिएको छ । उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको जनाइएको छ ।















प्रतिक्रिया