४ कार्तिक २०८३, बुधबार

कस्ले चलायो नवलपरासी जिल्ला अदालत परिसरमा गोली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

प्रहरीले अंश मुद्दामा विवाद हुँदा एक युवकले गोली चलाएको जनाएको छ ।

सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेका हुन् ।

यद्यपि गोली कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोली चलाएर फरार हर्षरामलाई प्रहरीले खोजी रहेको जनाएको छ ।

अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी रहेको थियो ।