
काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार यो धर्तीका कुनै पनि शक्तिसँग नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कसलाई मन्त्री बनाउने र हटाउने निर्णय नितान्त नेकपा एसलाई भएको उनको भनाइ छ ।
खनालले भने–कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन ।
उनले मन्त्री बन्ने क्रममा नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको बताए ।















प्रतिक्रिया