२ कार्तिक २०८३, सोमबार

प्रकाश सुवेदीका तीन वटै कार्यक्रम बन्द हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । ‘रजतपट अंकल’ का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीका तीन वटै टेलिभिजन कार्यक्रम बन्द हुने भएका छन् ।

सुवेदीले चलाउँदै आएका चर्चित तीन टेलिभिजन कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ बन्द हुने भएका हुन् ।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएका ति कार्यक्रमहरु बेला बेला विवादमा पर्ने गरेका थिए ।

ति कार्यक्रम सुवेदी आफैँले बन्द गर्न लागेका हुन् । ‘कार्यक्रमबाट धेरै विवादमा पनि परियो’ सुवेदीले भने ‘कार्यक्रम पनि धेरै भएकोले बन्द गर्न लागेको हो ।’ तीनवटै कार्यक्रम बन्द गरेर एक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ ल्याउन लागेको उनले सुनाए ।

‘द प्रकाश सुवेदी शो असार २ गतेदेखि प्रसारणमा आउने छ । ‘द प्रकाश सुवेदी शो’ तीनवटै कार्यक्रमको समिश्रण हुने सुवेदीले जनाकारी दिए ।