४ कार्तिक २०८३, बुधबार

हप्तामा दुई दिन विदा दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । सरकारले जेठ १ गतेबाट लागु हुने गरी हप्तमा दुई दिन विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अदालतले उक्त रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी तोकेको छ ।

सरकारले सातामा दुई दिन विदा दिने निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले रिट निवेदन दर्ता गराएका हुन् ।

सरकारले कुनै परामर्श र दुरगामी योजनाबिना गरेको निर्णय कार्यान्वयनमा सकस बनेको हो ।