
काठमाडौँ, २३ जेठ । चितवनको बाँदरमुढेमा तत्कालीन माओवादी कार्यकर्ताहरूले एक यात्रुवाहक बसमा बम विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीहरु घटनास्थल मै मारिएको आज १७ वर्ष पुगेको छ ।
२०६२ जेठ २३ गते भएको उक्त घटनामा ७० भन्दा बढी मानिसहरु घाइते भएका थिए जसमध्ये ६ जनाले ज्यान गुमाइसकेका छन् ।
पीडित १७ वर्षदेखि न्यायको खोजीमा रहेपनि बञ्चित रहेको भन्दै जवाफदेहिता निगरानी समिति र एड्भोकेसी फोरम–नेपालले अब झुटो आश्वासन नदिन र दोषीलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ ।
ति दुई संस्थाहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै विगत १७ वर्षदेखि घटनाका पीडितहरू सत्य, न्याय र परिपूरणको प्रतीक्षा गरिरहेका तर उनीहरू दण्डहीनताका कारण असहाय अनुभव गरिरहेका भन्दै कारवाहीका लागि माग गरेका हुन् ।
जवाफदेहिता निगरानी समितिका संयोजक चिरण प्रसाईँ र एड्भोकेसी फोरम नेपालका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरीले निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान, घटनामा संलग्न पीडकहरूविरुद्ध अभियोजन, पीडितहरूलाई परिपूरण तथा पीडित र तिनको परिवारका सदस्यहरूको निरन्तर सुरक्षा सुनिश्चित गर्नुपर्ने पीडितहरूको मागसँग आफ्नो ऐक्यबद्धता रहेको पनि जनाएका छन् ।
विगतका वर्षहरूमा धेरै सरकार शक्तिमा आए तर कसैले पनि पीडितहरूको माग र आवश्यक्तालाई सम्बोधन गर्न पहल नगरेको भन्दै पीडितहरू शारीरिक तथा मनोवैज्ञानिक आघातका साथ जिउन बाध्य छन् भने आर्थिक संकटको चपेटामा समेत परेका विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिः
















प्रतिक्रिया