
काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाकी सांसद गंगा चौधरीले बलात्कार मुद्दामा पनि विकृति बढेको बताएकी छन् ।
मन मिलुन्जेल प्रेम सम्बन्ध र मन मनिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको उनको भनाइ छ ।
उनले केही समयअघि तत्कालीन सभामुख कृष्णबहादुर महरा र हाल अभिनेता पल शाह प्रकरणलाई उदाहरण दिँदै यस्तो बताएकी हिुन् ।
सोमबारको संसद बैठकमा बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेपछि सांसद चौधरीले यस्तो बताएकी हुन् ।
उनले यस्ता विकृतिहरु पनि हट्नुपर्नेमा जोड दिइन् ।















प्रतिक्रिया