मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

फ्रेन्च ओपन टेनिसको उपाधि राफायल नाडाललाई

दैनिक नेपाल २०७९ जेठ २३ गते ७:२०

काठमाडौं, २३ जेठ । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले १४औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा भएको फाइनल खेलमा ३६ वर्षका नाडालले नर्वेका कास्पर रुडलाई हराउँदै उपाधि जितेका हुन् । उनले रुडलाई ६–३, ६–३ र ६–० को सेटमा पराजित गरे ।

यो जितसँगै नाडाल २२औँ पटक एकल ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने खेलाडीसमेत बनेका छन् ।

रोजर फेडेरर र नोभाक जोकोभिकले २०–२० ग्राण्डस्लाम जितेका छन् । नाडालले आफूले हरेक खेल खेल्दा अन्तिम खेलको रुपमा लिने गरेको बताएका छन् ।

उनले ३६ वर्षको उमेरमा यो उपाधि जित्नेबारे आफूले कहिल्यै नसोचेको पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित