४ कार्तिक २०८३, बुधबार

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुले सोमबार सपथ लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेकाहरुले सोमबार सपथ लिने भएका छन् ।

आइतबार पार्टीको सचिवालय बैठकले हालका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै अन्य नेताहरुलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

उनीहरुको सोमबार अपराह्न सपथ ग्रहण हुने जनाइएको छ ।

एकीकृत समाजवादीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नामावली बुझइसकेको छ । जसमा मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने गरी सिफारिस भएको छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ ।

यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​