
काठमाडौँ, २२ जेठ । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारी आगामी असार २४ गते विवाह बन्धनमा बाँधिने भएका छन् ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले विवाह गर्न लागेका हुन् । यद्यपि आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् ।
स्रोतका अनुसार आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको छ ।
दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् ।
यद्यपि नीता र हरिहरले विवाहको मितिबारे खुलाएका छैनन् ।















प्रतिक्रिया