
काठमाडौँ, २२ जेठ । काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विस्फोटले वेल्डिङको काम गरिरहेका दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा पर्साको जगन्नाथपुर– ०३ का किशोरी शाह र दिपककुमार शाह रहेका छन् ।
प्रहरीका अनुसार किशोरीको बायाँ खुट्टा जलेर फ्याक्चर भएको छ। भने, दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको अवस्थामा रहेको छ ।
दिपकको बायाँ गालामा हल्का पोलेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया