४ कार्तिक २०८३, बुधबार

एकीकृत समाजवादीका यी नेताले पार्टी छोड्न लागेका हुन् ? के भन्छन् माधव नेपाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुने नियमित प्रक्रिया भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले हालका मन्त्रीहरुलाई २४ घण्टामा फिर्ता बोलाउने र नयाँ ५ जना मन्त्रीहरुका नाम सिफारिस गरेको छ ।

नेपालले बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीबाट पहिल्यै ६ महिनाका लागि मन्त्री बनाइएको स्पष्ट पारे ।

उनले भने, ‘यो नियमित प्रक्रिया हो, पहिले नै हामीले ६ महिनासम्म मन्त्री रहने भनेका थियौँ । सुरुदेखि नै भनेको कुरा हो ।’

नेपाललाई हालका दुई मन्त्रीहरुले पार्टी छोड्न लागेका हुन् भन्ने प्रश्नमा अध्यक्ष नेपालले भने–‘पछि भनौँला ।’

एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेसँगै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्यमन्त्री विरोध खतिवडाले आक्रोश व्यक्त गर्दै पद थमौतीका लागि अध्यक्ष नेपालसँग आग्रह गरेका थिए ।