मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अमेरिकामा रहेका आपेनरद्वय आसिफ र कुशल घाइते, सुवासलाई खेलाइने

दैनिक नेपाल २०७९ जेठ २२ गते १७:२३

काठमाडौँ, २२ जेठ । नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई फिर्ता बोलाइने भएको छ ।

अमेरिकामा भएको अभ्यास खेलका क्रममा चोट लागेका घाइते भएका उनीहरुलाई फिर्ता बोलाइने नेपाल क्रिकेट संघले जनाएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाली टोली अहिले अमेरिकामा रहेका छन् । जेठ २६ हुने नेपालको पहिलो खेलमा दुवै खेलाडी खेल्न असमर्थ रहने संघले जनाएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै ओपनरद्वय शेख र भुर्तेल चोट बोकेका कारण सम्भवतः पहिलो खेल गुमाउने जनाएको छ ।

ओपनरद्वय नै खेल गुमाउने भएपछि क्रिक्रेट संघ नेपालले विकेटकिपर सुवास खकुरेललाई अमेरिका बोलाउने निर्णय गरेको छ । ’टोलीले विकेट किपर सुवास खकुरेललाई बोलाउने निर्णय गरेको छ । नेपालमा भएको अभ्यास खेलमा सुवास पनि सहभागी रहेकाले उनलाई बोलाउने निर्णय भएको हो,’ संघले भनेको छ ।

सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित