
काठमाडौँ, २२ जेठ । यस वर्ष नेपालमा करिब मनसुन सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गर्दै आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको जनाएको हो ।
नेपालमा सामान्यतया जुन १३ वा जेठ अन्तिममा मात्रै मनसुन प्रवेश गर्ने भए पनि यसपालि भने १० दिनअघि नै मनसुन सुरु भएको हो ।
महाशाखाको विज्ञप्तिमा उल्लेख छ, ‘यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू–भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’















प्रतिक्रिया