४ कार्तिक २०८३, बुधबार

प्रेमिका खोसेको भन्दै खुकुरी प्रहार गरेर फरार युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा प्रेमिका खोसेको भन्दै खुकुरी प्रहार गरेर फरार मुख्य योजनाकार पक्राउ परेका छन् ।

२०७८ चैत १० मा खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भएका २५ वर्षीय सुरज खड्का घाइते भएका थिए ।

प्रहरीले खड्कालाई खुकुरी प्रहार गर्ने मुख्य योजनाकार दोलखाको बैत्यश्वर घर भएका ३० वर्षीय विकास तामाङलाई पक्राउ गरेको हो ।

आरोपित विकास तामाङ जेठ १८ मा बौद्धबाट पक्राउ परेका हुन् ।

त्यस्तै, यसै घटनामा संलग्न ५ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् ।

रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए ।

खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको थियो । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी अझै फरार छन् । आरोपीहरू विरुद्ध प्रहरी वृत्त बानेश्वरले ज्यान मार्ने उद्योग विरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।