४ कार्तिक २०८३, बुधबार

विश्व वातावरण दिवसः दाङको करौती डाँडामा वृक्षारोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा दाङको करौती डाँडामा विभिन्न कार्यक्रम गरिएको छ ।

डिभिजन वन कार्यालय दाङ, उर्जा बिकास कम्पनी र घोराही उमनपाको संयुक्त आयोजन र सहकार्यमा वृक्षारोपण कार्यक्रम गरि वातावरण दिवस मनाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

घोराही उपहानगरपालिका वडा नं १६ करौती डाँडामा घोराहि उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको सभापतित्व एंव लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विर बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनबहादुर श्रेष्ठले कार्यालय मार्फत जिल्लामा यो वर्ष वन तथा वातावरणका क्षेत्रमा भइरहेका मुख्यमुख्य गतिबिधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कपुर, कल्किफुल, पारीजात,दालचिनि र धुपीसल्लाका ५० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।