
काठमाडौँ, २२ जेठ । आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ९०० रुपैयाँमा र तेजावी सुन ९७ हजार ४०० रुपैयाँ रहेको छ ।
गत शुक्रबार भने छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजावी सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया