४ कार्तिक २०८३, बुधबार

एमालेको नामले कांग्रेस तर्साउने प्रचण्ड–माधवको यस्तो खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को नाम लिएर नेपाली कांग्रसलाई घुर्क्याएको खुलेको छ ।

उनीहरु दुवै जनाको सल्लाहमा सत्ताको नेतृत्व गरिरहेको कांग्रेससँग मोलमोलाइ गरेको खुलासा भएको हो ।

केही दिनअघि अध्यक्ष प्रचण्ड र नेपालले आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।

उनीहरुले कहाँबाट कस्ले प्रधानमन्त्रीको अफर दिएको भनेर भन्न नसके पनि एमालेलाई मुछ्न खोजे । जसबाट कांग्रेसलाई खुम्च्याउने अनि आफ्नो शक्ति बढाउने उनीहरुको दाउ हो । आगामी प्रदेश र संसदीय निर्वाचनमा आफूहरुले मागेजति सिट नपाउने अवस्था बनेपछि प्रचण्ड र नेपालले सल्लाह गरेरै प्रधानमन्त्रीको आफरको प्रपञ्च रचेको बताइएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार निर्वाचनलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रचण्डले ‘एमालेले प्रधानमन्त्री दिने अफर गरेको छ तर पनि म गठबन्धनलाई चुनावपछि पनि लैजाने भनेर बसेको छु, यो कुरा तपाईंले बुझ्नु पर्यो नि,’ भन्दै कथा रचेका थिए ।

त्यसअघि उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवसँग सल्लाह गरेर कांग्रेसलाई दवावमा राख्न एमालेबाट प्रधानमन्त्रीको अफर आयो भन्ने कुरा गर्ने सहमति गरेको बालुवाटार स्रोतको दावी छ ।

एमालेबाट आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको अफवाह फैल्याएपछि एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक रुपमा नै एमाले सत्ता परिवर्तनको खेलमा नरहेको र आफू बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको जवाफ दिएका थिए ।

पोखरेलको धारणापछि प्रचण्ड र माधवले कांग्रेसलाई मोलमोलाइका लागि मात्रै बनिबनावट भ्रम फैलाएको स्पष्ट हुन आउँछ ।

माओवादी र एकीकृत समाजवादीकै नेताहरुका अनुसार अन्य कतैबाट नभएर प्रचण्ड र माधवले आफैँले आफैँलाई प्रधानमन्त्रीको अफर दिएका खुलासा गरेका छन् ।