४ कार्तिक २०८३, बुधबार

बहुमत रहेको गठबन्धनलाई पराजित गर्दै विराटनगरको कार्यपालिकामा एमाले विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २१ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा (एमाले)विजयी भएको छ ।।

कार्यपालिकाको लागि शनिबार भएको निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनलाई पराजित गर्दै एमाले विजयी बनेको हो ।

निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन ।

काँग्रेस नेता डा.शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको काँग्रेसका सबै उम्मेदवार पराजित भएका हुन् ।

यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको काँग्रेसका उम्मेद्वारहरु कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।

महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । त्यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनसँग ५० मत रहेको र एमालेले स्वतन्त्रसँग मिल्दा समेत ४६ मत रहेको थियो । तर आजको निर्वाचनमा गठबन्धनकै तर्फबाट पनि एमालेलाई मत आएसँगै एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन् ।

अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भएका छन् ।

महिलातर्फ पनि सबै एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर निर्वाचित भएका छन् ।

काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।

चुनावअघि जसपा त्यागेर मेयरमा स्वतन्त्र उममेद्वारी दिएका उमेश यादवले एमालेलाई सघाएका हुन् । त्यसैका कारण कार्यपालिकामा एमालेको जीत सम्भव भएको हो ।

जसका कारण विराटनगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।

मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् ।

कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन ।