४ कार्तिक २०८३, बुधबार

जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेन यौन दुर्व्यवहारको आरोपपछि फरार, प्रिन्सिपल पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । काठमाडौँको जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि फरार भएका छन् ।

शिक्षालयका होस्टल वार्डेन बस्नेतमाथि बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । यससँगै विद्यार्थी र अभिभावकहरुले आरोपितलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

वार्डेन बस्नेत फरार छन् भने महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवकोटी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बस्नेतको खोजी गरिरहेको छ ।

बस्नेतमाथि ९ देखि १२ वर्ष उमेरका बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।