४ कार्तिक २०८३, बुधबार

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्दै रत्ननगर अस्पताल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, २१ जेठ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा नियमित गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले भने, “बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप पर्यो ।”

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो । यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ ।

सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।