४ कार्तिक २०८३, बुधबार

लुम्बिनीका शिक्षामन्त्रीदेखि कलेजका अध्यक्षसम्मले दिँदैछन् कक्षा १२ को परीक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० जेठ । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँले हाल सञ्चालित कक्षा १२ को परीक्षा दिँदै छन् ।

मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजिएना तुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका उनले शिक्षा संकायबाट कक्षा १२ को परीक्षा दिँदै छन् ।

उनको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र रहेको छ ।

त्यस्तै, मन्त्रीसँगै मायादेवी गाउँपालिकाका वडा नम्बर ५ का हालका वडाअध्यक्ष तेजनारायण पाल पनि परीक्षामा सहभागी छन् ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचन भएका पालले कक्षा १२ को परीक्षा दिएका छन् । यद्यपि पहिलो दिन अंग्रेजीको परीक्षा दिएपछि अन्य परीक्षामा सहभागी नभएको जनाइएको छ ।

त्यस्तै, खुदावगर आर्दश कलेजका व्यवस्थापन समिति अध्यक्ष मोहमद सहिद मुसलमान पनि परीक्षा दिँदैछन् ।

उनले पनि शिक्षा संकायबाट परीक्षा दिइरहेका छन् ।

हाजिएना तुल्ला मावि शिक्षा संकायका विद्यार्थी उनीहरु कक्षा ११ मा उत्तीर्ण भइसकेका छन् ।

उनीहरुले यसरी परीक्षा दिइरहँदा पढ्न मन हुनेलाई उमेर बाधा नहुने सन्देश भएको छ ।

शिक्षामन्त्रीको सिम्बोल नम्बर २४९१३६३०, वडा अध्यक्षको २४९१३६२८ कलेजका अध्यक्षको २४९१३६११ रहेको छ ।