४ कार्तिक २०८३, बुधबार

एमाले सांसद पोखरेलको प्रश्नः अर्थमन्त्री जनार्दन शर्मा कि जनार्दन शर्मा प्रभाकर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, जेठ २० । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले नेपालका अर्थमन्त्री जनार्दन शर्मा हुन् वा जनार्दन शर्मा प्रभाकर हुन् भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मा भनिएको तर तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको सांसद पोखरेलले यस्तो अर्थमन्त्री शर्माको नामप्रति टिप्पणी गरेका हुन् ।

सांसद पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ती गरेका हुन् ।

‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को व्यक्तिले प्रस्तुत गर्न मिल्छ र सम्माननीयज्यू ? इतिहासविदले भोलि अध्ययन गर्दा के होला ? हामी कस्तो प्रणालीमा जाँदैछौं ?’ सांसद पोखरेलले भने ।

उनको प्रश्नपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा नै भएको स्पष्ट पारे । ‘मैले अनुमति दिने क्रममा माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा भनेको छु, त्यही नै आधिकारिक औपचारिक र संस्थागत हो,’ सभामुख सापकोटाले भने ।