४ कार्तिक २०८३, बुधबार

मुग्लिन-पोखरा सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

उक्त खण्डमा मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने भएको छ ।

सडक रातिको समयमा बन्द गरेर काम गरिने जनाइएको छ ।