४ कार्तिक २०८३, बुधबार

सिसडोल पुगेर के भने मेयर बालेन शाहले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले सिसडोलको अवलोकन गरेका छन् ।

शुक्रबार बिहान उनीहरुले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोलको अवलोकन गरेका हुन् ।

फोहोरको गन्धको गुनासो सुनेपछि मेयर शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउने आश्वासन दिए ।

उनले केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने बताए ।

उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’