४ कार्तिक २०८३, बुधबार

गतवर्षकै हुबहु प्रश्न दोहोरिएको विषयमा त्रिविले छानविन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए ।

मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उनले भने, “भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ ।”

उनले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताए । “हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छाँै । विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ”, उनले भने, “त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो ।” साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ । –रासस