४ कार्तिक २०८३, बुधबार

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई रिहा गर्न अस्वीकार गरेको छ ।

उच्च अदालतले बलात्कार आरोपमा पुर्पक्षमा रहेका शाहलाई जिल्ला अदालतकै फैसलाअनुसार थुनामै राख्न आदेश गरेको हो ।

बिहीबार धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा सुनुवाइपछि आदेश जारी गर्दै उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

बलात्कार आरोपमा शाहलाई तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

शाहले धरौटीमा रिहा हुन पाउँ भनि उच्च अदालतमा निवेदन दिएका थिए ।

नाबालिक गायिकाले शाहले आफूमाथि बलात्कार गरेको भन्दै निवेदन दिएकी थिइन् ।