४ कार्तिक २०८३, बुधबार

मोटरसाइकल चोरीमा संग्लग्न आठ जना मोटरसाइकलसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ जेठ । विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका–५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका–३ बस्ने १९ वर्षीय कुमार राजवंशी र ईलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।

झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान गर्न क्रममा जिल्ला प्रहरी कार्यालय झापा र  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका–८ कदमगाछी बस्ने अशोक विहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका–१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो ।

उनीहरू उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।