
काठमाडौँ, १९ जेठ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमाा शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएसँगै बिहीबार उनीहरुको अन्त्येष्टि गरिएको हो ।
दुर्घटनामा चालक दलका ३ जनासहित २२ जनाको मृत्यु भएको थियो ।
शव बुझेसँगै आफन्तहरुले रीतिरिवाजअनुसार अन्त्येष्टि गरेका छन् ।
दुर्घटनामा परी निधन भएका चालक दलका सदस्यहरु पाईलट प्रभाकर घिमिरे र को पाईलट उत्सव पोखरेल, एयर होस्टेस किस्मिता थापाको अन्त्येष्टि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्यस्तै, दुर्घटनामा परी निधन भएका भारतीयहरुको पनि पशुपति क्षेत्रकै विद्युतीय शवदाहमा अन्त्येष्टि गरिएको छ ।
यसअघि धनुषाका एकै परिवारका ७ जनासहित ११ जनाको अन्त्येष्टि गरिसकिएको छ ।
















प्रतिक्रिया