
काठमाडौँ, १९ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्याकाण्डको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
आफ्नो कार्यकालमा निर्मला हत्याकाण्डको अनुसन्धान टुंगो लगाउन प्रयास गरिने बताए ।
सिंहले आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । तर पनि हालसम्म कुनै आरोपित पक्राउ पर्न सकेका छैनन् ।
त्यस्तै, उनले गलत काम गर्ने प्रहरीलाई कारवाही गरिने तथा मेरिट बेसमा बढुवा गरिने पनि स्पष्ट पारे ।
‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’















प्रतिक्रिया