
काठमाडौँ, १९ जेठ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर दुर्घटनामा ज्यान गुमाएका धनुषाका एकै परिवारका सात जनाको अन्तिम संस्कार गरिएको छ ।
दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।
शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो ।
शव परिवारले जिम्मा लिएसँगै स्वयम्भूमा अन्त्योष्टि गरिएको हो । अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए ।
पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम खनालले अन्तिम विदाइ गरेका थिए ।















प्रतिक्रिया