४ कार्तिक २०८३, बुधबार

आन्तरिक उडानको इनरुट पूर्वानुमान गर्न सकिन्नः मौसम विभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसकिने जनाएको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

विभागले नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने स्पष्ट पारेको हो ।

विभागले यस प्रयोजनाका लागि प्रविधि र जनशक्तिको अभाव रहेको जनाएको छ ।

विभागले अन्तर्राष्ट्रिय उडानको इनरुट मौसमबारे जानकारी दिँदै आएको छ । आन्तरिक उडानका लागि भने मौसम अवलोकन सूचना मात्रै दिँदै आएको विभागले जनाएको छ ।

हाल उपलब्ध प्रविधि र जनशक्तिको आधारमा आन्तरिक उडानका लागि दैनिक मौसमको अवस्थाको बारे मात्रै जानकारी दिन सकिने विभागको सूचनामा उल्लेख छ ।

यही जेठ १५ गते खराब मौसमकै कारण विमान दुर्घटना भएको ठहर गर्दै सरकारले सफा मौसम नभए उडान नगर्न निर्देशन दिएको छ । तर, त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ ।