४ कार्तिक २०८३, बुधबार

कस्ले दियो प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको अफर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । सत्तारुढ गठबन्धनमा तरंग पैदा भएको छ ।

स्थानीय तह निर्वाचनमा समग्रमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई बढी फाइदा पुगे पनि अन्य दलहरु खुम्चिएका छन् । त्यसैको फलस्वरुप गठबन्धनकै दलका नेताहरु अब गठबन्धन तोड्ने तर्फ लागेका छन् ।

यसैबीच सुर्खेत पुगेको सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री असफल भएको टिप्पणी गरे । उनले आफूलाई प्रधानमन्त्रीको कार्ड फ्याँक्न थालिएको समेत खुलासा गरे ।

त्यस्तै, गठबन्धनकै अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको अफर आएको दावी गरे ।

यद्यपि नेपाल र प्रचण्ड दुवैले कहाँबाट कस्ले यस्तो अफर गरेको भन्ने चाँही खुलाएनन् ।