
काठमाडौँ, १९ जेठ । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले चुनाव खर्च उठाउन बजेट वक्तव्यमार्फत व्यवस्था गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर बजेटको दुरुपयोग गरिएको बताए ।
‘१० करोडभन्दा बढीको बिजुली खपत दिनेलाई छुट दिनुभएको छ । अर्थमन्त्रीले कुन व्यापारीसँग कति चुनाव खर्च उठाएर यस्तो व्यवस्था राख्नुभयो । व्यक्ति पोस्ने गरी बजेटमा नीतिगत व्यवस्थाहरु गरिनु आपत्तिजनक छ’, अधिकारीले भने ।
त्यस्तै, अपार्टमेन्टमा २० प्रतिशत लगानी गर्न विदेशीलाई दिने घोषणाको पनि अधिकारीले विरोध गरे । ‘बजेटले २० प्रतिशत अपार्टमेन्ट विदेशीलाई दिने भनियो । यो कुन विदेशी कम्पनीका लागि, कहाँ राखेको पैसा, कुन व्यापारीका लागि तोकेको हो भन्ने पनि लेखेको भए हुन्थ्यो । यो कुनै अमूक व्यापारीका लागि ल्याइएको कार्यक्रम हो’, उनले भने ।
त्यस्तै, स्वास्थ्य बीमालाई पनि निजीकरण गर्न लागिएको आरोप लगाए ।















प्रतिक्रिया