२ कार्तिक २०८३, सोमबार

युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गर्दै अमेरिकाले आगोमा घ्यू थपेको रुसको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १९ जेठ । पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।

नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । युक्रेनलाई थप परिष्कृत हतियार दिने यो निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अत्याधुनिक हतियार उपलब्ध गराउने पुष्टि गरेपछि रुसको पछिल्लो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।