१ कार्तिक २०८३, आइतबार

फाइनलसिमाको उपाधि अर्जेन्टिनालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।

वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एकरएक गोल गरे ।

कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई असिस्ट गरे । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ । इटली युरो कप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक ठाउँमा ल्याउन खेल भएको हो ।